पोखरामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान गरी ७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय संक्रमितको बिहीबार राति गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । यसैगरी, गण्डकी मेडिकल कलेजमै पोखरा–८ का ५४ वर्षीय पुरुषले शुक्रबार उपचारका क्रममा ज्यान गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको पनि कोरोना स.क्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
पोखरा–९ का ६८ वर्षीय संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा नित्रन भएको छ । प्रतिष्ठानमै उपचारका क्रममा पोखरा–२१ का ७५ वर्षीय संक्रमितले पनि ज्यान गुमाएका छन् । आज नै प्रतिष्ठानमा उपचारका क्रममा पोखरा–१७ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पोखरा–१३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।