अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 10:13

देशभर चिसो बढ्यो

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:०१ मा प्रकाशित

पछिल्लो केही दिनयता देशभरको तापक्रम घट्दै गएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जानेक्रममा रहेको छ । दिनभर घाम लागेपनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ । मौसमविद्काअनुसार पानी पर्यो भने अझै जाडो बढ्ने बताईएको छ । तर, तत्काललाई पानी पर्ने सम्भावना नरहेको र वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै सक्रिय नरहेको बताईएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम् तापक्रम घट्नाका साथै तराईका भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम् तापक्रम १४.० डिग्री सेल्सियस रहेको मौसम बिज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू