अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 20:53

जाडोमा हिटर बालेर सुत्दा जान सक्छ ज्यान !

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ६:०२ मा प्रकाशित

मुख्यतया जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा यो समस्या देखिन्छ ।कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ ।

कार्बन मोनोअक्साइड बिषाक्त रासायनिक ग्यास हो । यसमा कार्वन (सी) र अक्सिजन (ओ) मिसिएको हुन्छ ।आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ ।अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया शुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ । यो ग्याँस हावाभन्दा ३ गुणा हलुको हुन्छ ।

यसको मुख्य स्रोतहरुमा दाउराको आगो, गाडीको इन्जिन, ग्यास, तेल, कोइला, पेट्रोल, स्टोभ आदि हुन् ।हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने , छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ । समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू