अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 10:27

बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपनि नेपाल १–० ले पराजित

बिआरटीनेपाल २०७७ मंसिर २ गते ६:३४ मा प्रकाशित

नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । बङ्गलादेशको बङ्गबन्धु रङ्गशाला ढाकामा भएको मैत्रीपूर्ण दोस्रो खेल गोलरहित बराबरीमा सकिएको हो । मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । तर आज मंगलवार भएको दोस्रो खेलमा भने दुवै टोलीले कुनै गोल गर्न सकेन ।

दोस्रो खेलमा नेपालले आयोजक बङ्गलादेशलाई गोलरहित बराबरीमा रोके पनि पहिलो खेलमा २–० ले पराजित भएका कारण सिरिज भने १–० ले गुमाएको छ । बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको दोस्रो खेलमा दुवै टिमले केहि गोलका अवसरहरु खेर फालेका थिए । बंगलादेशका सुमोन रेजा र सोएल राना तथा नेपालका अनन्त तामाङ, अन्जन विष्टले अवसर पाए पनि गोल गर्न सकेनन् ।

खेलको इन्ज्यूरी समयमा रन्जित धिमालको फ्रिकिकलाई सदुपयोग गरी पेनाल्टी एरियाबाट नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्किएपछि नेपाल खेल जित्न चुकेको हो । मंगलवारको खेलमा पुजन उपर्कोटी, छिरिङ गुरुङ र शेशेहाङ आङदेबेले राष्ट्रिय टोलीबाट डेब्यू गरे ।

कोरोनाका कारण ८ महिनादेखि ठप्प घरेलु खेलकुद गतिविधिलाई चलायमान बनाउने प्रक्रियाको पहिलो चरणका रुपमा नेपाली राष्ट्यिर फुटबल टोलीले बंगलदेशको राष्ट्रिय टोलीसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको शृंखला खेलेको हो । सरकारले असोज अन्तिम साता फुटबलको प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया
लोकप्रिय