अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

मिथिलाञ्चलमा छठ पर्व सुरु

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:४७ मा प्रकाशित

मिथिलाञ्चमा मङ्गलबारदेखि छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । यस पर्व मनाउनेहरू आज माछा, मरुवा (माछा र कोदो) को परिकार नखाइ चोखो बस्ने चलन रहेको छ । यस पर्व मनाउने क्रममा भोलि (बुधबार) नहाय खाय विधि मनाइन्छ भने बिहीबार निराहर व्रत बसी साँझमा खरना मनाइन्छ । त्यस्तै शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ र शनिबार बिहान उदाँउदो सूर्यलाई अर्घ्य दिएर पारायण गरी छठ पर्वलाई समापन गरिनेछ ।

खासगरी प्रकृतिलाई पूजा गरिने भएकोले यस पर्वले धनी, गरिब जस्ता विभेद, कुरीति एवम विसङ्गतिलाई अन्त्य गर्नसमेत सहयोग गर्ने जानकारहरु बताउँछन् । छठपर्व वर्षमा दुई पटक मनाइए पनि कात्तिक÷मंसिर महिनामा मनाइने छठपर्वको एक अलग्गै विशेषता छ, यो पर्व मिथिलाञ्चलको घरघरमा मनाइन्छ ।चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा अथवा (नहाई खाय), दोस्रो दिनलाई ’खर्ना’, तेस्रो दिनलाई ’सँझिया अर्घ्य’ र अन्तिम दिनलाई ’विहनीया अर्घ्य’ पारायण भनिन्छ ।

पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारत कालमा द्रौपदीसहित पाण्डवहरूले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरू गरिएको गाथा पनि छ । त्यस्तै महाभारतमै कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभाव स्वरुप भएको जनउक्ति छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय