यूईएफए नेसन्स लिग फुटबलमा आजराति साविक विजेता पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।लिग ’ए’ समूह ३ मा रहेको पोर्चुगलले फ्रान्ससँग घरेलु मैदानमा नेपाली समय अनुसार राति साढे १ बजे पछि प्रतिस्पर्धा गर्नेछ । घरेलु मैदानमा पोर्चुगल फ्रान्सलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने लक्ष्यमा हुनेछ ।
पोर्चुगलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । फ्रान्स पनि उसैको मैदानमा पोर्चुगललाई हराएर समूहको शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । समूहको दोस्रो स्थानमा रहेको फ्रान्सले ४ खेलमा १० अंक जोडेको छ । यस्तै समूहको अर्को खेलमा स्विडेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । ४ खेलमा ३ अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा रहेको छ । चार खेलमा ४ हार व्यहोरेको स्विडेन पुछारमा रहेको छ ।
यस्तै नेसन्स लिग फुटबलमा आजराति स्पेनले स्विजरल्याण्डसँग पनि प्रतिस्पर्धा गर्दैछ । लिग ’ए’ समूह ४ मा रहेको स्पेनले स्विजरल्याण्डसँग उसैको घरेलु मैदानमा खेल्नेछ । स्पेन र स्विजरल्याण्डबीचको खेल राति साढे १ बजे पछि सुरु हुनेछ । स्पेन घरेलु टोलीलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने लक्ष्यमा हुनेछ ।
स्पेनले ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड भने ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । स्विजरल्याण्ड स्पेनलाई हराएर पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।यसै समूहको अर्को खेलमा जर्मनीले युक्रेनसँग खेल्नेछ । जर्मनीले घरेलु मैदान युक्रेनसँग खेल्नेछ ।
दुई टिमबीचको खेल राति १ः३० बजे सुरु हुनेछ । जर्मनी ४ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ६ अंक जोडेको युक्रेन तेस्रो स्थानमा रहेको छ ।