अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७
| Colorodo: 03:12
प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्नुहुने भएको छ । बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यससँगै मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री र राज्यमन्त्रीको आधा तलब पनि कोरोना कोषमा जम्मा हुने भएको छ । अर्थ मन्त्रालयको सिफारिसमा सो निर्णय भएको गुरुङले बताउनुभयो ।
