अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 00:13

तिहार नजिकिंदै गर्दा ढाकाटोपीको व्यापार बढ्यो

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०२ मा प्रकाशित

कोरोना महामारीका कारण तिहारका लागि आवश्यक विभिन्न वस्तुको किनमेलमा कमी आएपनि ढाकाटोपीको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् । ढाकाटोपी नेपालीको चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको पहिचान पनि बोकेको छ ।

तिहारमा ढाकाटोपी अनिवार्यजस्तै बनेको छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारको दिन सजिने गर्दछन् ।तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मान बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ ।

त्यसैले तिहार नजिकिँदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यापारीहरु बताउँछन् ।यसपटक सबै क्षेत्रमा कोभिड–१९ को असर परेपनि ढाकाटोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाइ छ । पछिल्लो समय नयाँपुस्ताले ढाकाटोपी लगाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय