अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 10:27

नेपाली टोलीले जित्यो पब्जी मोबाइल गेमको अन्तर्राष्ट्रिय च्याम्पियन

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:३५ मा प्रकाशित

नेपाली युवाहरुको एक समूहले मोबाइल गेमको अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । नेपाली पब्जी टिम एब्रब्ट स्लेयर (एएसएल) ले पब्जी मोबाइल गेम प्रतियोगिता पीएमपीएल साउथ एसिया सिजन टुको उपाधि जितेको हो ।

प्रतियोतिामा पहिलो भएको नेपाली पब्जी टिमले उपाधिसँगै करिब ४७ लाख रुपैयाँ पुरस्कार जितेका छन् । यस्तै नेपालकै अर्को टिम द रियल सोल्जरले पनि रनरअप उपाधिसँगै २३ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ । दुवै टिम ग्लोबल च्याम्पियनसीपका लागि समेत छनौट भएको छ ।

विश्वका सबै महादेशका खेलाडीहरुले भाग लिने ग्लोबल च्याम्पियनसीप जित्ने टोलीले २० लाख अमेरिकी डलर अर्थात झण्डै २३ करोड नेपाली रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उपाधि विजेता टोली एएसएलमा ४ जना नेपाली युवा गेमर रहेका छन् । प्रतियोगिता जित्दा खुशी व्यक्त गर्दै देशको नाम समेत जोडिन पाएको गौरव लागेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया
लोकप्रिय