नेपालीको श्रम गन्तब्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ ।कोभिड १९ को महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो ।
‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीत गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । संभवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भननुभयो ।
मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो ।बैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रमस्वीकृति लिएका थिए । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतिक्षारत् छन् ।