अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 23:50

कोरोनाका कारण तिहारमा पनि विकेन मादल, व्यवसाय धरापमा

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:१२ मा प्रकाशित

कोरोना संक्रमणको जोखिमका कारण तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय धरापमा परेको छ । विगतका वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शून्य भएपछि अहिले फूर्सदमा छन् । कोरोनाका कारण अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुंदै गएको छ ।

विगत लामो समयदेखि मादलको व्यवसाय गर्दै आएका व्यवसायीहरु कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको बताउछन् । यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भएपनि प्रविधिले भने मौलिक संःकृतिमाथि नै धावा बोलिरहेको छ । डिजिटल गीत सङ्गीतको कारणले पनि मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय