अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३
| Colorodo: 12:18
महाधिवेशनको मिति र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषयमा सहमति जुट्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि पनि सरेको छ । सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक तीन दिन पर सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठक २७ गते बिहीबारका लागि बोलाइएको छ । यसअघि कात्तिक १९ गते बोलाइएको बैठक सोमबारका लागि सारिएको थियो। एक महिनाभन्दा बढी समयदेखि कांग्रेस बैठक निरन्तर सर्दै आएको छ। फागुनमा तोकिएको १४औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन पक्ष र पौडेल पक्षबीच मतभेद हुँदै आएको छ । संस्थापनले आउँदो भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि इतर समूहले ढिलो जेठ भन्दा पर जान नसकिने अडान राख्दै आएको छ।
