अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 06:15

देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:०० मा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीय तहमार्फत किसानहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको पनि बताएको छ । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयको भनाइ छ ।

कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै किसानमा सरकारी पहुँच पुग्ने आशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय