अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 11:53

अमेरिकी शीर्षस्थ राजनीतिज्ञले नेपाली समुदायलाई सम्बोधन गर्नुहुने

बिआरटीनेपाल २०७७ असोज ३ गते १०:४८ मा प्रकाशित
अमेरिकाको मूलधारको राजनीतिमा समाहित हुने अभियान अन्तर्गत आगामी नोभेम्बर महिनाको ३ तारिखको दिन हुन लागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फबाट राष्ट्रपतिको रूपमा जो वाईडन र उपराष्ट्रपतिको रूपमा कमला हयारिस मैदानमा हुनुहुन्छ । उहाँहरूको विजयले मात्र हामी नेपाली अमेरिकनको पनि साझा एजेन्डा अगाडि वढन सक्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । यसै सिलसिलामा आगामी आइतबार अमेरिकाको राजनीतिमा विशेष महत्त्व र पहुँच राख्नुहुने डेमोक्रयाट पार्टीका शीर्षस्थ व्यक्तित्वहरूले नेपाली अमेरिकनलाई सम्बोधन गर्नुहुनेछ । भर्चुअल रयालीमा निर्वाचित जनप्रतिनिधीहरु तथा पार्टी पंक्तिवाट गरिने सम्बोधन कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ ।
उक्त भर्चुअल रयालीमा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा प्रभावशाली भूमिका निर्वाह गर्नुहुने सिनेटर क्रिश भ्यान होलेन अतिथि वक्ताको रूपमा सहभागी हुनुहुनेछ । नेपाली अमेरिकनहरूको विभिन्न समस्याहरूको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने होलेन नेपालीहरूको समेत चासोको रूपमा रहेको टिपिएस् कार्यक्रमलाई स्पन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ । सन् २०१८ को मीड टर्म निर्वाचनमा डेमोक्रयाट पार्टीको कंग्रेसनल उमेदवारहरुलाई विजयी गराउन गठित निर्वाचन समितिको संयोजक भएर तल्लो सदनमा डेमोक्रयाट पार्टीको वर्चस्व कायम राख्न होलेनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
कार्यक्रममा क्यालिफोर्नियाबाट कंग्रेसउमन रहनु भएकी लिन्डा टि सेन्जेन , मेरिल्यान्ड राज्यका विधायक एवं नेपाली मूलको पहिलो निर्वाचित सांसद हयारी भण्डारी ,डेमोक्रयाट पार्टीको एसियन अमेरिकन प्यासिफिक आईल्याण्डरकी अध्यक्ष बेल हङ्ग ,डेमोक्रयाट पार्टीका मेरिल्यान्ड राज्यका सचिव रोवि लियोनार्ड ले सम्बोधन गर्नुहुनेछ । उक्त कार्यक्रममा सहभागी भएर हामीहरूको सामूहिक चासोमा ऐक्यबद्धता जनाउनुहुन अनुरोध गर्दछौँ ।
कार्यक्रम आगामी सेप्टेम्बर २० तारिख आइतबार
समय अपराह्न ३ बजे पूर्वीय समय अनुसार
सहभागी हुन यो लिङ्क मा नाम दर्तागर्नुहोला:

https://www.mobilize.us/mddems/event/325479/

विस्तृत जानकारीको लागि वेभसाईटमा जानुहोला

https://nepaliforbiden.com
Zoom ID :  27834245865
Password : 668049
प्रतिक्रिया