सिकागो, एसोसिएसन अफ नेपलिज इन मिडवेस् अमेरिका (ANMA)को वार्षिक साधारण सभा यही सेप्टेम्बर ५, २०२० का दिन संस्थाका तत्कालीन सभापति बलराम पन्थीको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभामा स्वागत तथा ओपनिंग रिमार्क्स सभाका अध्यक्षबाट प्रस्तुत भई साधारण सभा ज़ूम टेक्नोलोजी माध्यमबाट भरचूऐली सुरु गरी सुसम्पन्न गरिएको थियो । साधारण सभाको सञ्चालन संस्थाका तत्कालीन महासचिव डा.दिवाकर दाहालद्वारा भएको थियो । साधारण सभामा संस्थाका संस्थापकहरू, आजीवन सदस्यहरू, ट्रस्टीज़,साधारण सदस्यहरू, सल्लाहकारहरू, वर्तमान तथा भूतपूर्व कार्यसमितिका पदाधिकारीहरू, विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू तथा सदस्यहरू र समस्त ANMA का शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
संस्थाको प्रगति विवरण कार्यकाल (२०१८-२०२०) को तत्कालीन महासचिव श्री डा. दिवाकर दाहालले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आर्थिक विवरण तत्कालीन कोषाध्यक्ष श्री डा. ओम दाहालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाको प्रस्तावित विधानप्रति घनीभूत रूपमा सबै जनाबिच छलफल भएको थियो । साधारण सभाकै दिन ANMA तथा INLS को संयुक्त आयोजनामा साहित्य तथा कविताबाचन कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम समायोजन तथा सञ्चालन संस्थाकी तत्कालीन इग्ज़ेक्युटिव मेम्बर श्रीमती उर्मिला पन्थीद्वारा गरिएको थियो ।
साधारण सभामा संस्थाको नवनिर्वाचित कार्यसमिति (२०२०-२०२२) को घोषणा ANMA चुनाव समिति (२०२०) द्वारा गरियो । उक्त चुनाव समितिमा संस्थाका भू. पु. अध्यक्षहरू श्री राजेन्द्र खतिवडा (अध्यक्ष), श्री डा. गौरी अधिकारी (सदस्य), श्री बाला घिमिरे (सदस्य) रहनु भएको थियो । सभामा वरिष्ठ उपाध्यक्ष श्री तिलक के.सी. द्वारा सभामा उपस्थित तथा साधारण सभा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुराउनु हुने सबैमा धन्यवाद ज्ञापन गर्नु भयो ।
नवनिर्वाचित ANMA कार्यसमिति (२०२०-२०२२):
President-
Dr. Diwkar Dahal St Louis MO
Sr. Vice President
Mr. Tilak KC Milwaukie WI
Vice Presidents
Mr.Sanjay Shrestha Uranbadel IA
Mrs. Urmila Panthi St Louis MO
General Secretary
Dr. Om Dahal Munster IN
Secretary
Mr. Santosh Lamichane Madison WI
Treasurer
Mrs. Bishnu Neupane Chicago IL
Media Coordinator
Mr. Khem Pathak Chicago .IL
Ex- officio
Balaram Panthi St Louis MO
Executive Members-
Dr. Budhi Gyawali Lexington KY
Mr. Binod Raj Tripathi Thornton, Co
Mr. Durga Prasad Ghimire Chicago IL
Mr. Suresh Adhikary Carver MN
Mr. Dev Bastola Bettendorf, IA
Mr. Dhirendra Neupane Omaha NE
Dr. Keshav Bhattarai . Warrensburg, MO
Mr. Dev R Sadaula Kalamazoo MI
Mr. Sandeep Singh Columbus OH
Mr. Bishnu P Adhikary Appleton WI