अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 22:21

दुई लाख युवालाई सय दिनको रोजगारी दिइने

बिआरटीनेपाल २०७७ भदौ १६ गते २१:४७ मा प्रकाशित

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाख युवालाई सय दिनको रोजगारी दिने भएको छ । चालू आर्थिक वर्षमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएका, दुई लाख जनालाई रोजगारी दिन लागिएको मन्त्री रामेश्वरराय यादवले बताउनुभयो । पन्ध्रदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्रममूलक कार्यमा लगाई चालु आर्थिक वर्षमा सय दिनको रोजगारी दिन लागिएको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ८२ हजार ६ सय ३८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिनको रोजगारी पाएका थिए

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । गत असारसम्ममा ७ सय ५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा तीन लाख ८३ हजार ५ सय ९५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू