अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 09:48

भारत र चीनका सैनिकबीच लद्दाखमा पुनः झडप

बिआरटीनेपाल २०७७ भदौ १५ गते ६:२६ मा प्रकाशित

केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सैनिक लद्दाखमा पुनः आमनेसामने भएका छन्। भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्,’अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ।’

उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन्।गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।उक्त घटनापछि दुई आणवीक शक्ति राष्ट्रहरूले विवादलाई थप अघि नबढाउन के गर्छन् भन्ने विश्वव्यापी चासो बनेको थियो।

चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि वार्ता गरिरहेका छन्। सँगसँगै उनीहरूले विवादित क्षेत्रमा सैन्य जनशक्ति र स्रोतसाधन पनि थपिरहेका छन्। यही बीचमा शनिबार र आइतबार रातिका झडप भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय