अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 09:47

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन, १ सय २५ जना पक्राउ

बिआरटीनेपाल २०७७ भदौ १५ गते १:५५ मा प्रकाशित

बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् ।राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध गरेका छन् ।

गत अगष्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।केही प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप समेत भएको छ ।

बिगत २६ वर्षदेखि लगातार राष्ट्रपति रहेका ६६ लुकासेन्को उमेर हदका कारण पनि पदमा बस्न लायक नभएको भन्दै प्रदर्शनकारीहरुले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् । यता राष्ट्रपति लुकासेन्कोले निर्वाचनमा धाँधली नभएको भन्दै आफू कुनै पनि हालतमा पद त्याग गर्ने पक्षमा नरहेको अडान दोहोर्याउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय