अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 09:50

क्यानाडाका प्रथम प्रधानमन्त्री म्याकडोनल्डको शालिक स्थानियले ढाले

बिआरटीनेपाल २०७७ भदौ १४ गते ७:१८ मा प्रकाशित

क्यानडाका पहिलो प्रधानमन्त्री जोन ए म्याकडोनल्डको मोन्ट्रियलस्थित प्रतिमा स्थानीयले ढालेका छन्। १९ औँ शताब्दीमा आदिबासी जनजातिको हत्या गर्ने क्रुर नीतिका कारण पहिलो प्रधानमन्त्री म्याकडोनल्डको आलोचना हुँदै आएको थियो। क्युबेक राज्यका प्रमुख फ्रान्कोइस लेगाउल्टले प्रतिमाले इतिहासको प्रतिनिधित्व गर्ने र त्यस्ता ऐतिहासिक चिजको तोडफोड अस्वीकार्य रहेको भन्दै निन्दा गर्नुभएको छ ।

क्यानेडियन टेलिभिजन नेटवर्क सीबीसीका अनुसार उक्त घटनामा हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। म्याकडोनाल्ड सन् १८६०–१८९० को बीचमा १९ वर्षसम्म क्यानडाको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले राष्ट्र निर्माणमा थुप्रै नीतिहरू ल्याउँदै आवासीय विद्यालय प्रणाली लागु गर्नुभएको बताईन्छ ।

एक शताब्दीभन्दा बढी समय कम्तिमा १ लाख ५० हजार आदिवासी बच्चाहरूलाई उनीहरूको घरबाट जबरजस्ती हटाई सरकारी लगानीमा रहेको बोर्डिङ स्कूलमा पठाइएको थियो। यस क्रममा धेरै बच्चाहरूलाई दुर्व्यवहार भएको थियो। उनीहरुलाई आफ्नै भाषा बोल्न र संस्कृति अभ्यास गर्न निषेध गरिएको थियो।

२०१५ मा एक सरकारी रिपोर्टले यस अभ्यासलाई ‘सांस्कृतिक नरसंहार’को संज्ञा दिएको थियो। उहाँमाथि अनिकाल र रोगले धेरै आदिवासीलाई मार्ने अनुमति दिएको आरोप लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय