अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 06:21

विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ १४ गते १:५४ मा प्रकाशित

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये आठ लाख ४६ हजार छ सयभन्दा धेरैको ज्यान गैसकेको छ ।

एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये झण्डै ७० प्रतिशत निको भएका छन्।

कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेका छन् । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् ।

दोस्रोमा ब्राजिलमा सबैभन्दा धेरैमा सङ्क्रमण भएको छ । ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ब्राजिलमा ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् । तेश्रोमा भारत रहेको छ । भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको ज्यान गएको छ । २७ लाख १२ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि विश्वका धेरै देशले लकडाउन तथा निषेधाज्ञा लागू गरेका छन् । तर पछिल्लो समयमा कोरोना त्रास बढाएर लकडाउन गरिरहँदा मानिसमा अरु समस्या आएको भन्दै कोरोनालाई सामान्यीकरण गर्दै नियन्त्रण गर्न माग बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय