अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 05:12

टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने युरोपियन युनियनको चेतावनी

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४२ मा प्रकाशित

युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएको हो ।

युरोपियन युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेप बोररेलले टर्कीलाई दुवै देशसँग वार्ताका लागि दिएको अवसरको सदुपयोग नगरेकाले सैन्य गतिविधिमा अवरोध भएको भन्दै तत्काल वातावरण सहज बनाउन चेतावनी दिनुभएको हो ।

साइप्रस टापु नजिकै समुद्री सिमाना र ग्यास उत्खनन्को विवादले ग्रीस र टर्कीबीच लामो समयदेखि चल्दै आएको विवाद तत्काल समाधान गर्न युरोपियन युनियनले चेतावनी दिएको हो । उर्जा स्रोतमा टर्कीले गरेको दावी गलत भएको युरोपियन युनियनले जनाएको छ । तर टर्कीले भने युरोपियन युनियनको दावीको खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय