अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 06:22

पाकिस्तानमा सेप्टेम्बर १५ देखि स्कुल, कलेज खुल्ने, कोरोना भाइरस नियन्त्रणतर्फ

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:३६ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिनुभएको छ । पाकिस्तान सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिनुभएको हो ।

कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

बैठकमा आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा पनि छलफल भएको छ । पाकिस्तानका योजना मन्त्री असद उमरले छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको बताउनुभएको पनि सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय