अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 06:10

अनइम्प्लोइमेन्ट बेनेफिट जारी गर्न फेमाको स्वीकृति

बिआरटीनेपाल २०७७ भदौ १२ गते ९:१६ मा प्रकाशित

न्यु योर्क । फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) ले आधाभन्दा बढी राज्यलाई प्रति व्यक्ति ३ सय अमेरिकी डलर अनइम्प्लोइमेन्ट बेनेफिट जारी गर्न स्वीकृति दिएको छ ।

केही राज्यले अनइम्प्लोइमेन्ट बेनेफिट अस्वीकार गरेका छन् भने बाँकी राज्य अनइम्प्लोइमेन्ट बेनेफिट जारी गर्न स्वीकृतिका लागि आवेदन दिने प्रक्रियामा छन् । स्वीकृति प्राप्त भएपछि हरेक राज्यले आफ्नो अनइम्प्लोइमेन्ट सिस्टम परिमार्जन गर्नुपर्ने छ । त्यसपछि मात्र उनीहरूले अनइम्प्लोमेन्ट बेनेफिट वितरण गर्न सक्नेछन् ।

एरिजोना र टेक्ससले अनइम्प्लोइमेन्ट बेनेफिटसम्बन्धी प्रक्रियागत सम्पूर्ण काम सकेका छन् । उनीहरूले त्यसबापतको रकम समेत वितरण गर्न थालिसकेका छन् ।

अनइम्प्लोइमेन्ट बेनेफिट वितरणका लागि हरेक राज्यले आगामी सेप्टेम्बर १० भित्र स्वीकृति लिइसक्नु पर्नेछ । फेमाको स्वीकृति पाएका राज्यमा अलाबामा, अलास्का, एरिजोना, अकन्सस्, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेर, डिस्ट्रिक्ट अफ कोलम्बिया, फ्लोरिडा, जर्जिया, आइडाहो, इलिनोइस, इन्डियाना, आइओवा, कन्सस्, केन्टुकी, लुजियाना, मेन, मेरिल्यान्ड, म्यासाच्युसेट्स, मिसिगन, मिनेसोटा, मिसिसिपी, मिजौरी, मोन्टाना, नेब्रास्का, नेभाडा, न्यु हेम्प्शायर, न्यु जर्सी, न्यु मेक्सिको , न्यु योर्क, नर्थ क्यारोलिना, नर्थ डकोटा, ओहायो, ओक्लोहोमा, ओरेगन, पेन्सिलभेनिया, रोड आइल्याण्ड, साउथ क्यारोलिना, टेनिसी, टेक्सस, उटा, भर्मन्ट, भर्जिनिया, वाशिङ्टन, वेस्ट भर्जिनिया, विस्कन्सिन र योमिङ छन् ।

डेलावेर, फ्लोरिडा, इलिनोइस, नेभाडा, न्यु जर्सी, ओरेगन, साउथ डकोटा, वेस्ट भर्जिनिया र योमिङले अनइम्प्लोइमन्ट बेनेफिटका लागि आवेदन दिने तयारी गरिरहेका छन् । विन्स्कन्सिन्, साउथ क्यारोलिना, नर्थ डकोटा, नेब्रास्का, मिनेसोटा, कन्सस्, हवाइ र डिस्ट्रिक्ट अफ कोलम्बियाले आवेदन दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय