गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी हुनुभएको छ । केही सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए।
पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोना भाइरसको महामारीका हुन सक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको बताईएको छ । यस्तै समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुन सक्ने भन्दै उहाँले अधिकारीहरुलाई सचेत गराउनुभयो ।
उत्तर कोरियामा अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको बताएको छ। तर नेता किमले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने तर्फ सचेत गराउनुभएको हो । यस्तै यो हप्ताको अन्त्यतिर समुद्री तुफान बाभीले उत्तर कोरियामा जनजीवन प्रभावित हुने पूर्वानुमान छ ।