अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 00:06

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २४ हजार १ सय नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ १० गते ७:५१ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २४ हजार १ सय नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख २४ हजार १ सय ९४ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ४० लाख ९२ हजार ८ सय ८५ लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ६६ लाख ३४ हजार ३ सय ३८ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ६६ लाख ३४ हजार ३ सय ५३ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६५ लाख ७२ हजार ५ सय ७० जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ७ सय ८३ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५९ लाख ५६ हजार ३ सय ३६ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८२ हजार ४ सय २१ जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३६ लाख ७४ हजार १ सय ७६ सङ्क्रमित हुँदा १ लाख १६ हजार ६ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३२ लाख ३९ हजार ९६ सङ्क्रमित हुँदा कोरोनाका कारण ५९ हजार ६ सय ४५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय