अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 00:01

भारतमा पाँच तले भवन भत्किदा १ जनाको मृत्यु, ६० जनाको को जिउँदै उद्धार

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५७ मा प्रकाशित

भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्कंदा १ जनाको मृत्यु भएको छ । सो भवनको भग्नावशेषमा ६० जनालाई जिउँदै उद्धार गरिएको छ भने अझै पनि ३० भन्दा बढी मानिसहरु फसिरहेको अनुमान गरिएको छ ।

दक्षिण मुम्बइबाट १ सय ८० किलोमिटर टाढा रहेको महाड शहरको सो भवन एक दशक पुरानो रहेको र सो भवनको संरचना नै जीर्ण भएको अनुमान गरिएको छ ।सो भवनमा ४७ वटा छुट्टाछुट्टै फ्ल्याट रहेको बुझिएको छ । भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्कंदा भागदौड मच्चिएकाले थुप्रै घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय