अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 14:55

अमेरिकामा प्लाज्मा थेरोपीमार्फत सङ्क्रमितको उपचार गर्न अनुमति

बिआरटीनेपाल २०७७ भदौ ८ गते ०:३२ मा प्रकाशित

अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्क्रमित बिरामीको उपचारमा लागि प्लाज्मा थेरापीमार्फत उपचार गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँले सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने बताउनु भएको छ । प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने उहाँको दाबी छ । अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको ज्यान गएको छ ।

विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित छन् । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । कोरोनाका कारण ८ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया