महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर २ करोड ३५ लाख ८६ हजार ५ सय १२ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ८ लाख १२ हजार ५ सय २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड ६० लाख ८५ हजार ५ सय ५६ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ८० हजार ६ सय ४, ब्राजिलमा १ लाख १४ हजार ७ सय ७२, भारतमा ५७ हजार ६ सय ९२, रसियामा १६ हजार ३ सय ८३, दक्षिण अफ्रिकामा १३ हजार ५९, स्पेनमा २८ हजार ८ सय ३८, मेक्सिकोमा ६० हजार ४ सय ८० र बेलायतमा ४१ हजार ४ सय २९ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा २० हजार ६ सय ४३, इटालीमा ३५ हजार ४ सय ३७, फ्रान्समा ३० हजार ५ सय १३, पेरुमा २७ हजार ६ सय ६३, जर्मनीमा ९ हजार ३ सय ३२ , क्यानडामा ९ हजार ७३ र बेल्जियममा ९ हजार ९ सय ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण पाकिस्तानमा ६ हजार २ सय ४४, बंगलादेशमा ३ हजार ९ सय ४१ , अफगानिस्तानमा १ हजार ३ सय ८७, श्रीलंकामा १२ र माल्दिभ्स्मा २६ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा १ सय ५५ जनामा भाईरसको संक्रमण देखिएको छ ।