अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 22:51

पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

बिआरटीनेपाल २०७७ भदौ ६ गते २१:५५ मा प्रकाशित

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ । उहाँलाई विशेष विमान मार्फत साइबेरियाबाट जर्मनी लगिएको हो । विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए । त्यसपछि उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएका हुन् । ।

सोही सहमति अनुरुप नाभाल्नीलाई शनिबार अबेर विमान मार्फत जर्मनी लगिएको हो । यसअघि नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भएको थियो । नाभाल्नीका समर्थकहरुले उहाँले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी उडानको क्रममा बिरामी पर्नुभएको थियो । उहाँ बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेको थियो । ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुनुहुन्छ । गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गर्नुभएको थियो । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय