अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 22:40

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारुमा लिलाम बिक्री

बिआरटीनेपाल २०७७ भदौ ६ गते ७:१० मा प्रकाशित

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी नागरिकले साढे दुई करोड भारु हालेका हुन् ।

इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा गरेको तर ठूलो रकममा बिक्री भएको बताएका छन् । सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । सन् १९१० देखि १९३० को अवधिको समयमा उक्त चश्मा गान्धीले काकालाई दिनुभएको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय