अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 19:43

सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि

बिआरटीनेपाल २०७७ भदौ ५ गते २१:५७ मा प्रकाशित

स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ ।गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले यो किर्तीमान बनाएको हो ।खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका लुकाकुले एक आत्माघाति गोल गरेका थिए ।

पराजित टोली इन्टरका लागि लुकाकु र डिएगो गोडिनले एक एक गोल गरे ।खेलमा गोल गरेका लुकाकलेु युरोपा लिगमा लगातार ११ खेलमा गोल गर्ने किर्तीमान समेत बनाएका छन् ।सन् २००६ मा पहिलो पटक तत्कालिन युएफा कप जितेको सेभियाले त्यसयता ६ पटक यो उपाधि उचालेको हो ।युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिग पछि युरोपा लिग सर्वाधिक महत्वको प्रतियोगिताको हो ।

यो सिजनको च्याम्पियन्स लिगको उपाधिका लागि आईतवार राती पोर्चुगलमा हुने फाईनल खेलमा जर्मनीको बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्नेछन् ।

प्रतिक्रिया