अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 20:53

स्पेन र इटलीमा यो महिनायताकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७७ भदौ ४ गते २१:३३ मा प्रकाशित

स्पेन र इटलीमा बिहीबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या यो महिनाकै सबैभन्दा धेरै रहेको छ । स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन् । यो जुन महिनायताकै सबैभन्दा धेरै हो । स्पेनमा अहिलेसम्म तीन लाख ८७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने २८ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा ६ सय ४२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो मे महिनायताकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इटलीमा दुई लाख ५५ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने सङ्क्रमणका कारण ३५ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै जर्मनीमा पनि कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो छ । त्यहाँ एक हजार सात सय सात नयाँ सङ्क्रमण देखिएको र गएको अप्रिलयताकै सबैभन्दा धेरै भएको खबरमा उल्लेख छ । जर्मनीमा दुई लाख २९ हजार सात जनामा सङ्क्रमण पुष्टि भइसक्दा नौ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय