अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ ४ गते ६:२४ मा प्रकाशित

नेपालमा थप ७ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित मुलुकमा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैबीच, पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ रहेको छ । अहिले विभिन्न स्थानको क्वारेन्टाइनमा ११ हजार ७६८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ महिला र ४ पुरुष रहेका छन् । काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एक÷ एक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको मृत्यु भएको हो । यो सँगै मुलुकमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय