अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९
| Colorodo: 08:24
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर– २, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको संख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
पहिरोमा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
