अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 21:10

चार महिनादेखि कोरोना सङ्क्रमितको मृत्यु नभएको चीनको दावी

बिआरटीनेपाल २०७७ भदौ ४ गते ६:१८ मा प्रकाशित

चीनमा करिब चार महिनादेखि अस्पताल भर्ना भएका कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको चीनले दावी गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकृत गुओ यान्होङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चिनियाँ रणनीति प्रभावकारी भएको दाबी गर्नुभएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार अन्तिम पटक कोरोनाबाट चीनमा अप्रिल १५ मा हुबेईमा एक जनाको मृत्यु भएको थियो ।

हिजो मात्र चीनमा २२ वटा आयातित संक्रमण फेला परेको छ भने एउटा स्थानीय सङक्रमित भेटिएका छन् । चीनमा आज बिहानसम्म कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ८९ हजार पाँच सय २७ पुगेको छ । अहिलेसम्म चीनमा कोरोनाबाट चार हजार सात सय ६ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएकामध्ये चीनमा ८३ हजार पाँच सय ६९ जना निको भएका छन् । चीनमा अहिले सक्रिय संक्रमितको संख्या करिब एक हजार दुइ सय मात्रै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय