अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 20:26

विश्वभर कोरोनाबाट ७ लाख ९१ हजार २ जनाको मृत्यु, १ करोड ५३ लाख १ सय ९१ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ ३ गते २२:०८ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ९१ हजार २ जनाको ज्यान गएको छ । २ करोड २५ लाख ७८ हजार ८ सय ५१ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ५३ लाख १ सय ९१ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७६ हजार ३ सय ३७, ब्राजिलमा १ लाख ११ हजार १ सय ८९ , भारतमा ५३ हजार ९ सय ९४ जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ९ सय ८९, मेक्सिकोमा ५८ हजार ४ सय ८१, पेरुमा २६ हजार ८ सय ३४ , कोलम्वियामा १५ हजार ९ सय ७९, स्पेनमा २८ हजार ७ सय ९७, ईरानमा २० हजार १ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ३ सय ९७, पाकिस्तानमा ६ हजार २ सय १, बंगलादेशमा ३ हजार ७ सय ८१, ईटलीमा ३५ हजार ४ सय १२ ,फ्रान्समा ३० हजार ४ सय ६८, क्यानडामा ९ हजार ४९ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ६९ , अफगानिस्तानमा १ हजार ३ सय ७५, माल्दिभ्समा २४, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ४७ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय