नेपाल सरकारकोे कूल ऋण १८ प्रतिशतले बढेर कूल १४ खर्ब १९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। २०७७ को असारसम्म नेपाल सरकारको कूल विदेशी ऋण ८ खर्ब ५ अर्ब ८२ करोड पुगेको छ। त्यस्तै आन्तरिक ऋण २७ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ७३ करोड पुगेको छ। २०७६ को साउनदेखि २०७७ को असारसम्म सरकारको कूल ऋण २ खर्ब २३ अर्ब ९६ करोड थप भएको हो। यसमा विदेशी ऋण ९१ अर्ब ७४ करोड थप भएको छ भने १ खर्ब ३२ अर्ब आन्तरिक ऋण थपिएको छ।
योसँगै नेपालको जिडीपी(कुल ग्राहस्थ उत्पादन) र ऋणको अनुतपा पनि ४०.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तुलनामा यस्तो अनुपात ५.६५ प्रतिशत थियो। गएको वर्षका लागि ३४ खर्ब ६४ अर्ब ३१ करोड जिडीपी रहेको छ। सरकारले गएको वर्ष कूल ऋण प्राप्ति भने ३ खर्ब ५७ अर्ब ४७ करोड गरेको छ।
सरककारले गएको वर्ष ऋणको सवाँ तथा ब्याज भुक्तानीमा ८३ अर्ब खर्चिएको छ। यसमा ५७ अर्ब सवाँ र २६ अर्ब ब्याज भुक्तानी गरेको छ। नेपाल सरकारले वैदेशिक ऋण सहुलियत कर्जामा लिइरहेको छ। यद्यपी पछिल्लो समय ट्रेडिङ कर्जा पनि लिनसक्ने बाटो खुला राखेको छ।