अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

तय भएका सबै उद्धार उडान स्थगित, घर फर्कन लागेका नेपाली विमानस्थलमै अलपत्र

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:३५ मा प्रकाशित

सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेपछि घर फर्कन विमानस्थल पुगेका नेपालीहरु थप अन्योलमा परेका छन् ।यूएईमा नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कन विमानस्थलमा पुगेका नेपालीहरु जहाज रित्तै फर्किएपछि अलपत्र परेका छन् । सरकारको यो निर्णयको श्रमिकहरुले बिरोध गरिरहेका छन् । कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौं नेपाली स्वदेश फर्कन पाएनन् ।

समयमा घर फर्कन नपाउँदा नेपालीहरु विभिन्न समस्यामा परे । समस्यामा परेका र घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड उडानहरु सञ्चालन गरेको थियो । यस अवधिमा ५१ हजारभन्दा धेरै नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कि सकेका छन् ।

सरकारले आइतबारदेखि पाँचौं चरणको उद्धार उडान तालिका सार्वजनिक ग¥यो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो ।

तर सोमबार साँझ क्वरेण्टीनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासी तय भएका उडानहरु रद्द गरिदिएपछि विमानस्थलमै पुगका नेपाली अलपत्र परेका छन् भने घर फर्कन टिकट काटेर झोला प्याक गरिसकेका नेपाली अलमलमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय