अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 20:28

विश्वभर कोरोनाबाट ७ लाख ७८ हजार २ सय बढीको मृत्यु, १ करोड ४८ लाख २८ हजार ७ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:२४ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ७८ हजार २ सय १९ जनाको ज्यान गएको छ । २ करोड २० लाख ९४ हजार ६ सय ४२ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४८ लाख २८ हजार ७ सय ७८ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७३ हजार ७ सय ७२, ब्राजिलमा १ लाख ८ हजार ६ सय ५४, भारतमा ५२ हजार ६० जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ८ सय ७२, मेक्सिकोमा ५७ हजार २३, पेरुमा २६ हजार ४ सय ८१ , कोलम्वियामा १५ हजार ३ सय ७२, स्पेनमा २८ हजार ६ सय ४६, ईरानमा १९ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ३ सय ६९, पाकिस्तानमा ६ हजार १ सय ९०, बंगलादेशमा ३ हजार ७ सय ४०, ईटलीमा ३५ हजार ४ सय ,फ्रान्समा ३० हजार ४ सय २९, क्यानडामा ९ हजार ३२ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ४४ ,अफगानिस्तानमा १ हजार ३ सय ७५, माल्दिभ्समा २३, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ४६ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय