अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 10:56

बागलुङ बजार एक सातालाई लकडाउन

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५५ मा प्रकाशित

समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछी बागलुङ बजार एक साताका लागि लकडाउन गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघले बागलुङ बजार एक सातालाई लकडाउन गर्ने घोषणा गरेको हो । बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गर्दै बागलुङ बजार पुनः लकडाउन गर्ने जनाएको हो । सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एक हप्तालाई लकडाउन गर्ने घोषणा गरेको संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँले लकडाउनलाई पालना गरिदिनको लागि व्यवसायीहरुलाई आग्रह समेत गर्नुभएको छ । संघले लामो समयको लकडाउनकाबीच व्यवसायीले धेरै प्रकारका समस्या झेल्नुपरेको परिस्थितिप्रति संघ गम्भीर भएको बताएको छ । लकडाउन खुकुलो गर्ने सरकारको मोडालीटीले पुनः सङ्क्रमणको दायरा बढ्दो देखिएकोले र बागलुङ जिल्ला भित्र पनि नयाँ केशहरु थंिपदै गएकाले सबैभन्दा ठूलो सम्पत्ति मानव स्वास्थ्य रहेको कुरा मनन् गर्दै पुनः एक हप्तालाई लकडाउन गर्ने घोषणा गरेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू