अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 12:46

बेलारुसमा सरकार विरोधी प्रदर्शन उग्र, प्रदर्शन दबाउन रुसले सहयोग प्रस्ताव गरेको खुलासा

बिआरटीनेपाल २०७७ साउन ३२ गते ७:१८ मा प्रकाशित

युरोपेली मुलुक बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रदर्शन रोक्न रुसले सहयोग गर्न चाहेको जानकारी दिनुभएको हो ।प्रदर्शनको क्रममा मारिएका एक जना प्रदर्शनकारीको श्रदाञ्जलीका लागि राजधानी मिन्स्कमा हजारौं सर्वसाधारण भेला भएको समयमा आएको यो खबरलाई निकै अर्थपूर्ण मानिएको छ ।

राष्ट्रपति लुकाशेन्को रुससँग निकट हुनुहुन्छ । आफुलाई अपदस्थ गर्न पश्चिमाहरुले प्रदर्शन उक्साईरहेको उहाँको आरोप छ ।सन् १९९४ देखि सत्तामा रहँदै आउनुभएका लुकाशेन्कोले गत अगस्ट ९ मा भएको चुनावमा ८० दशमलब १ प्रतिशत मत पाएको बताएको छ ।

यसैबिच प्रदर्शनकारीहरुले निष्पक्ष कभरेजको माग गर्दै सरकारी टेलिभिजन बाहिर प्रदर्शन गरेका छन् । सरकारी टेलिभिजन आफुहरुप्रति पूर्वाग्रही बनेको प्रदर्शनकारीहरुको आरोप छ ।सुरुमा सरकारी टेलिभिजनले प्रदर्शन सम्बन्धी खबर प्रशारण नगर्ने निर्णय गरेको थियो । त्यसपछि प्रदर्शनकारीलाई दोष लगाउने गरी केही कभरेज गरेपछि सर्वसाधारणले टिभि स्टेशन बाहिर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू