कोरोना भाइरससँग लडिरहेका प्रशिद्ध भारतीय गायक एसीपी बालासुब्रमण्यमको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आईसीयुमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अस्पताल भर्नापछि स्वास्थ्यमा सुधार देखिए पनि बिहीबार रातिदेखि उहाँको स्वास्थ्यमा थप समस्या देखिएको बताइएको छ। अगष्ट ५ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुब्रमण्यम लाई चेन्नईको एमजीएच हेल्थ केयरमा भर्ना गरिएको थियो। उहाँ चिकित्सकको निरन्तर निगरानीमा रहेको बताइएको छ।
सुब्रमण्यमले आफूलाई कोरोना पुष्टि भएपछि सामाजिक सञ्जालमा भिडियोमार्फत त्यसको जानकारी गराउनुभएको थियो । आफूलाई केही दिनदेखि सामान्य रुघा र ज्वरो देखिएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उहाको भनाई थियो ।
७४ वर्षीय बालासुब्रमण्यमले विभिन्न १६ भाषामा ४० हजारभन्दा बढी गीत गाउनुभएको छ । उहाँलाई भारत सरकारले पद्म भूषणबाट सम्मानित गरिसकेको छ। सुब्रमण्यमले हिन्दीका साथै तेलगु, तमिल, कन्नडा, मलयालम लगायतका भाषामा गीत गाउनुभएको छ । उहाँको नाम गिनिज वर्ल्ड रेकर्डमा समेत रहेको छ।