अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 13:44

डब्लुएचओद्धारा कोरोना सम्बन्धी अन्तरिम निर्देशिका तयार

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:२४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना (कोभिड १९) का लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार पारेको छ । कोभिड १९ सम्बन्धी पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि प्रकाशित गरेका दुई अन्तरिम निर्देशिकालाई समायोजन गर्दै नयाँ अन्तरिम निर्देशिका जारी गरेको हो ।

डब्लुएचओको निर्देशिकामा सर्भिलेन्स डाटा विश्लेषण गर्दै सम्भावित लक्षणको मूल्यांकन गर्न भनिएको छ ।निर्देशिकाले यस्तो परिभाषा प्रत्येक देशहरुलाई अनलाइनमा प्रकाशित गर्न तथा नियमित रुपमा स्वास्थ्य अवस्था प्रतिवेदन सार्वजनिक गर्न समेत भनेको छ ।

डब्लुएचओले जारी गरेको निर्देशिकामा शंकास्पद केसहरुको परिभाषा दिईएको छ ।यसैबीच डब्लुएचओले संक्रमितहरुको केस रिपोर्ट फर्म डब्लुएचओलाई पठाउन नपर्ने भनेको छ । उसले केसहरुको साताब्यापी प्रतिवेदन हरेक साताको बिहीवार भित्र पठाउनसमेत भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय