अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 10:01

“नुन चिनी पानी” अमेरिकाको जोड्दार प्रस्तुति

बिआरटीनेपाल २०७३ माघ ५ गते १०:३२ मा प्रकाशित

सन्त पुन मगर, न्यू-योर्क – सानै देखी हांस्य-ब्याङ्गमा रमाउने हांस्य कलाकार अर्जुन दाहाल अहिले अमेरिकाको कनेक्टिकट राज्यमा बस्नुहुन्छ । करिब १२ वर्ष देखी अमेरिकामा बस्दै आएका अर्जुन र अन्य केही हांस्य ब्याङ्गकारहरु मिलेर “नुन चिनी पानी अमेरिका” नामको एक संस्था खोलेर क्यानडा ,नेपाल र अमेरिकाका भिभिन्न स्टेटहरुमा हांस्यब्याङ्ग गर्दै आउंनु भएको छ ।

माघे सक्रान्तिको अवसरमा मगर समाज न्यू-योर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा अर्जुन हांस्य भन्दा पनि समसामयिका विषयमाथि जोड्दार व्याङ्ग गरेर चर्चामा आए । नेपालको राज्निती , सिनेमा छेत्र , सामाजिक अवस्था देखी अमेरिकी परिवेशसम्म ब्याङ्ग गरेका अर्जुनले अमेरिकामा नजिकिदै गरेको एन आर एनको चुनावमा भएका र हुनसक्ने गतिविधि माथि गतिलो झटारो हानेका थिए ।

गएको दसैँको अवसरमा क्यानडाको ओन्टेरियोमा आयोजना गरिएको सांस्कृतिक विशेष कार्यक्रममा प्रभावकारी प्रस्तुति दिएर थप चर्चामा आएका अर्जुन दाहाल आफ्नो हांस्य ब्याङ्ग प्रस्तुतिलाई निरन्तरता दिन नै “नुन चिनी पानी” अमेरिकाको जन्म भएको उल्लेख गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू