अमेरिकाका संक्रमण रोग बिशेषज्ञ डा.एन्थोनी फाउजीले अमेरिकी नियामक निकाय र बैज्ञानिहरुलाई कोभिड १९ को भ्याक्सिन विरुद्धको खोपमा कुनै राजनीतिक दबाब नहुने आश्वासन दिनुभएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका अघि नै खोप तयार गर्न बैज्ञानिकरुहलाई दबाब दिइरहेको बेला डा.फाउजीको यो भनाई सार्वजनिक भएको हो ।
सिएनएन संग कुरा गर्दै डा.फाउजीले सन् २०२१ को अन्त सम्ममा खोपको करौडौं डोज तयार हुने बताउँदै खोप बन्ने प्रक्रिया सकारात्मक सावित हुने प्रतिक्रिया दिनुभयो ।कोेभिड १९ को महामारी अमेरिकामा जस्तै अन्य मुलकहरुमा नभएतापनि राष्ट्रपति ट्रम्प यो मान्न तयार नभएको प्रति भने डा. फाउजीको गुनासो छ ।
कोरोनाको महामारी झेल्न अमेरिकाले जति कुनै देशले पनि नसक्ने दाबी फाउजीको छ । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म १ लाख ६१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको छ ।