अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 16:51

अयोध्यामा भूमि पुजन, जानकी मन्दिरमा भजन किर्तन, साँझ दीपावली

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:५० मा प्रकाशित

भारतको अयोध्यामा भएको भूमि पुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजेको छ। भारत उत्तरप्रदेशको अयोध्यामा राम मन्दिर भूमि पुजनको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भजन किर्तन भएको हो। लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा निर्णय सुनाएपछि आज भएको भूमि पुजनको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा भजन किर्तन भएको हो।

राम मन्दिरको भूमि पुजनको खुशियालीमा आज जानकी मन्दिरमा भजन किर्तन भएको र साँझमा दीपावली मनाइने जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताउनुभयो । राम मन्दिरको भूमि पुजनमा सरिक हुन जानकी मन्दिरका महन्थ राम तपेश्वर दास मंगलबार साँझ भारतको अयोध्या जानुभएको थियो ।

महन्थ दास अहिले अयोध्यामा हुनुहुन्छ । उहाँ अयोध्या भएपनि मन्दिर निर्माणको खुशीयालीमा जानकी मन्दिरमा दिनमा भजन किर्तनको आयोजना गरिएको छ भने साँझमा दीपावली गरिएको छ । साथै सम्पूर्ण मिथिलाभर मन्दिरको भूमि पुजनको अवसरमा दीपावली मनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू