अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 15:11

विराटनगरमा फेरि दुइ साता लकडाउन

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:२० मा प्रकाशित

विराटनगर महानगरपालिकामा भोली देखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएको निष्कर्ष सहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू