विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७२ लाख १३ हजार ३ सय ५१ पुगेको छ। जसमध्ये ६ लाख ७० हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४५ लाख ६८ हजार ३ सय ७५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ५३ हजार ८ सय ४८ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २५ लाख ५५ हजार ५ सय १८ जना संक्रमित भएकोमा ९० हजार १ सय ८८ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १५ लाख ८८ हजार १ सय ७७ जनामा संक्रमण भएकोमा ३५ हजारभन्दा धेरैको ज्यान गएको छ।
रसियामा ८ लाख ३४ हजार ४ सय ९९ जना संक्रमित भएका छन् भने १३ हजार ८ सय २ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख २९ हजार ७ सय २१ संक्रमित भएकोमा २८ हजार ४ सय ४१ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख १ हजार ४ सय ५५ संक्रमित भएकोमा ४५ हजार ९ सय ६१ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ६ सय ८३ छ भने १८ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड ७ लाख २६ हजार ५ सय २५ जना निको भएका छन्।