महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ६२ लाख १३ हजार ८ सय १५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ४८ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९९ लाख १९ हजार ९ सय ८७ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४९ हजार ३ सय ९८, ब्राजिलमा ८६ हजार ४ सय ९६, भारतमा ३२ हजार १ सय २७, रसियामा १३ हजार २ सय ६९, स्पेनमा २८ हजार ४ सय ३२, मेक्सिकोमा ४३ हजार ३ सय ७४, बेलायतमा ४५ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा १५ हजार ४ सय ८४ , इटालीमा ३५ हजार १ सय २, फ्रान्समा ३० हजार १ सय ९२, जर्मनीमा ९ हजार २ सय २ , क्यानडामा ८ हजार ८ सय ८५ र बेल्जियममा ९ हजार ८ सय २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ८ सय २२, बंगलादेशमा २ हजार ८ सय ७४ , अफगानिस्तानमा १ हजार २ सय ४८, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९३ जनामा भाईरसको संक्रमण देखिएको छ ।