अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 03:47

कोभिड–१९ का कारण विश्वभर १ करोड ५६ लाख ८५ हजार ३ सय बढी संक्रमित, ६ लाख ३७ हजार २ सय ३८ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:५४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ५६ लाख ८५ हजार ३ सय ५६ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ३७ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९५ लाख ६९ हजार ७ सय ६२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४७ हजार ३ सय ४२, ब्राजिलमा ८४ हजार २ सय ७, भारतमा ३० हजार ६ सय ६०, रसियामा १२ हजार ४६, स्पेनमा २८ हजार ४ सय २९, मेक्सिकोमा ४१ हजार ९ सय ८, बेलायतमा ४५ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १५ हजार २ सय ८९ , इटालीमा ३५ हजार ९२, फ्रान्समा ३० हजार १ सय ८२, जर्मनीमा ९ हजार १ सय ८७, क्यानडामा ८ हजार ८ सय ७४ र बेल्जियममा ९ हजार ८ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ७ सय ६३, बंगलादेशमा २ हजार ८ सय ३६ , अफगानिस्तानमा १ हजार २ सय २५, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय